कतारको राजधानी दोहामा आजदेखि सुनु हुने एएफसी उन्नाइस वर्षमुनि (यु–१९) च्याम्पियनसिप छनोट चरण प्रतियोगिताको उद्घाटन खेलमा नेपालले तुर्कमेनिस्तानको सामना गर्दै छ।
दोहास्थित अल अरबी रङ्गशालामा आजदेखि हुने समूह 'ए' अन्तर्गतको छनोट खेलमा नेपालका १९ वर्षमुनि उमेर समूहका राष्ट्रिय फुटबल टिमले तुर्कमेनिस्तानको सामना गर्ने भएको हो।
समूह 'ए' मा नेपाललगायत भारत, उज्वेकिस्तान र कतार रहेका छन्। प्रतियोगिताको विजेताले सन् २०१४ मा म्यानमारमा आयोजना हुने एएफसी च्याम्पियनसिप प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछ।
आयोजक म्यानमारसहित विभिन्न नौ समूहमा विभाजित गरिएको उक्त प्रतियोगितामा प्रत्येक समूहका विजेता टिम र उपविजेतामध्ये उत्कृष्ट घोषित हुने ६ टिम गरी कुल १६ राष्ट्रले प्रतियोगितामा भाग लिन पाउनेछन्।
सुलभ मास्केको कप्तानीमा रहेको नेपाली टिम
गोलरक्षकः वीरेन्द्रबहादुर चन्द, एलन न्यौपाने र द्रोण थापा
रक्षकः विवेक बस्नेत, कालु थापा, वि्रजेशकुमार सिंह, विवेकप्रताप पन्त, निरज बस्नेत, सञ्जय राजबाहक र आदित्य चौधरी
मिडफिल्डः सुलभ मास्के, भूषण सुब्बा, अनिल गुरुङ, धीरज तामाङ र हेमन गुरुङ
फरवार्ड : सुमन लामा, असिमजङ्ग कार्की र राम थापा छन्।
असोज २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल आइतबार भारत, मंगलबार उज्वेकिस्तान र बिहीबार आयोजक कतारसँग खेल्नेछ।
तस्विर साभार गोलनेपाल