लक्ष्मी गु्रपको उत्पादन सफल दुधको मुख्य प्रयोजनमा पोखरा रगंशालामा कात्तिक ५ गतेदेखि संचालन हुने तेस्रो संस्करणको सफल पोखरा कप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा १२ टिमले प्रतिस्पर्धा गर्ने तय भएको छ। प्रतियोगितामा ८ राष्ट्रिय क्लब, तीन विदेशी र आयोजक पोखरा एघार गरि १२ टिमले प्रतिस्पर्धा गर्ने निश्चित भएको हो।
प्रतियोगितामा ७ ए डिभिजनका टिमहरु मनाङ मर्स्याङदी, थ्री स्टार, एन्फा यु–१६, त्रिभुवन आर्मी क्लब,सशस्त्रको एपीएफ क्लब, जावलाखेल युथ क्लब, फ्रेण्ड्स क्लब, हिमालयन शेर्पाले सहभागिता जनाउने निश्चित भएको छ भने विदेशी हङकङ नेप्लिज एशोसियन, अष्ट्रेलियाको यति एफसी, भुटान र आयोजक पोखरा १२ को टोलीले प्रतिस्पर्धा गर्ने निश्चित भएको कास्की जिल्ला फुटबल संघका अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिए।
प्रतियोगिता कात्तिक १६ गतेसम्म संचालन हुने छ। प्रतियोगितको करिव ७० प्रतिशत काम सकिएको छ। प्रतियोगिताको प्रचार–प्रसारका लागि पोखराका विभिन्न ठाँउमा ब्यानर, पोष्टर टँस्नेलगायका कामहरु भैरहेको महासचिव राजन पौडेलले जानकारी दिए। एघार दिने प्रतियोगिताको लागि ५५ लाख ६० हजार आम्दानी हुने अनुमान गरिएको छ।