भुटानको थिम्पुमा जारी दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै १० स्वर्ण पदक जितेका छन्।
जुनियर महिलाको ५० केजीमुनि सुनीता लामाले भुटानी खेलाडीलाई ६–४ ले पराजित गरी स्वर्ण जित्न सफल भइन्।
सिनियर महिलाको ५० केजीमुनिमा सुभद्रा श्रेष्ठले भारतीय खेलाडीलाई ४–३, ४५ केजीमुनि अर्मिला डिसीले भुटानी खेलाडीलाई ६–४, ५५ केजीमुनि सपना लामाले भारतीय खेलाडीलाई ३–२, ६१ केजीमुनि सुनिता महर्जनले बंगलादेशी खेलाडीलाई ४–०, ६८ केजीमुनि रीता कार्कीले भारतीय खेलाडीलाई ४–२ तथा ६८ केजीमाथि कल्पना बस्नेतले भुटानी खेलाडीलाई ३–२ ले हराउँदै स्वर्ण चुमे।
त्यस्तै पुरुषको ५० केजीमुनिमा लक्ष्मण तामाङले भारतीय खेलाडीलाई ३–०, ६७ केजीमुनि मन्डेकाजी श्रेष्ठले भुटानी खेलाडीलाई ६–२ तथा ८४ केजीमुनिमा भीमबहादुर तामाङले भुटानी खेलाडीलाई ६–५ ले पाखा लगाउँदै शीर्ष स्थान कब्जा गरे।
प्रतियोगितामा एकल कातामा दुई नेपाली खेलाडी सेमिफाइनलमा पुगेका छन्। पुरुषमा पुरुषोत्तम बाँस्तोला र महिलामा चञ्चला दनुवारले सेमिफाइनलमा स्थान सुरक्षित गरे।
दुईदिने प्रतियोगितामा नेपाललगायत भारत, बंगलादेश र भुटान गरी ४ राष्ट्र सहभागी छन्। रासस