यस्तै सो प्रतियोगितामा नेपालको यो तेस्रो सफलता हो। यसअघि सन् २००६ र सन् २००२ मा भएको यु–१६ फुटबल प्रतियोगितामा नेपाल अघिल्लो चरणमा प्रवेश गरेको थियो।
नेपालको जितमा विमल घर्तीमगरले ह्याटि्रक पूरा गरे। थप गोल दिनेश राजवंशीले एक गोल थप्दै नेपालको जित स्पस्ट पारेका थिए।
अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा आठ खेल खेलका विमलले ११ औँ गोल गरेका छन्। जारी प्रतियोगितामा भने विमलको चौथो गोल हो।
प्रतियोगितामा तीन खेल खेलको नेपाल दुई जित र एक बराबरी खेली कूल ७ अङ्कका साथ समूह विजेता बनेको छ।
समान खेल खेलेको बहराइनले ६ अङ्क जोडेको छ। दुई खेलमा जित र एक खेलमा हार बेहोरेको बहराइन समूह 'सी' को उपविजेता बनेको छ। बहराइन अघिल्लो चरणमा प्रवेश गर्ने या नगर्ने भन्ने अन्य समूहमा रहेका उपविजेता टिमको अङ्कको आधारमा हुनेछ। यसैगरी इराक र तुर्कमेनिस्तान समूह छनोट चरणबाट बाहिरिइसकेका छन्।
हेर्नुहोस् रजेन्द्र केसीको फोटोफिचरमा