१२ औं साग खेलकुदको अन्तिम दिन नेपालले जुडोमा थप तीन कास्य जितेको छ।
भारतको गुवाहाटीमा आजसम्म चल्ने प्रतियोगिताको जुडोमा गंगा चौधरी, पुनम श्रेष्ठ र शिवबहादुर बरामले कास्य हात पारेका हुन्।
चौधरीले महिला ७० केजी मुनि, श्रेष्ठले महिला ७८ केजी मुनि र बरामले पुरुष १०० केजि मुनिको तौल समूहमा कास्य हात पारेका हुन्।