नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाई अग्रता दिलाएका छन्।
***
प्रकाश बुढाथोकीले बराबरी गोल फर्काएका छन्। ६५ औं मिनेटमा पाएको फ्री किकमा उनले गोल गरेका हुन्।
***
मध्यान्तरपछिको खेल सुरु भएको छ।
****
३१ औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै भारतले अग्रता लिएको छ।
***
१२ औं साग खेलकुद अन्तर्गत पुरुष फुटबलको स्वर्णपदकका लागि नेपाल र भारतका २३ बर्षमुनिको टोलि बीचको खेल सुरु भएको छ।
***
१२ औं साग खेलकुद अन्तर्गत पुरुष फुटबलको स्वर्णपदकका लागि नेपाल र भारतका २३ बर्षमुनिको टोलि बीचको खेल केहिबेरमा सुरु हुँदै छ।
खेल इन्दिरा गान्धी रंगशालामा ७:१५ बजे सुरु हुने छ।
बंगबन्धु कपको उपाधी हात पारेसँगै उत्साही भएको नेपाल सेमिफाइनलमा माल्दिभ्सविरुद्ध ४-३को जित हात पार्दै फाइनलमा आइपुगेको हो।
समूह चरणमा नेपालले भुटानलाई ५-०ले हराएको थियो। बंग्लादेशसँग भने २-१ले पराजित भएको थियो।
सेमिफाइनलमा भारतले बंग्लादेशलाई ३-०ले हराएको थियो। समुह चरणमा श्रीलंकासँग १-०ले पराजित भएको भारत माल्दिभ्सलाई ३-२ले हराउँदै सेमिफाइनल आइपुगेको थियो।