कमला देवीको २ गोलको मद्धतमा भारतले नेपाल विरुद्ध चार गोलको जित दर्ता गर्दै महिला फुटबलमा स्वर्ण पदक हात पारेको छ।
गुवाहाटीमा जारी १२ औं साग अन्तर्गतको महिला फुटबलमा कमला देवीले ३२ औं र ५६ औ् मिनेटमा गोल गरिन्।
७१ औं मिनेटमा बलादेवीले भारतका लागि तेस्रो गोल गरिन् भने ८०औं मिनेटमा आश्लता देवीले चौथो गोल गरिन्।
कास्य पदक भने बंग्लादेशले जितेको छ।
सहभागी पाँच राष्ट्रबीच एउटै समूहमा भएको राउण्डरोबिन लिगमा सर्वाधिक १० अंक हात पार्दै शीर्ष स्थानसहित नेपाल फाइनलमा आइपुगेको थियो।
लिगमा नेपालले तीन जित र एक बराबरी खेलेको थियो। भारतले २ बराबरी र २ जितसँगै ८ अंक जोड्यो।
लिगमा भारत र नेपालले गोलरहित बराबरी खेलेका थिए।