उल्टो हिडेर अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारो सफल आरोहण गरेका कीर्तिमानी विश्व पर्वतारोही सन्जय पण्डित सम्मानित भएका छन्।
नेपाल पर्वतारोहण संघले आइतबार नुवाकोटको ककनीमा सम्मान पर्वतारोही पण्डितलाई गरेको हो। संघका अध्यक्ष आङछिरिङ शेर्पाले पण्डितलाई ताम्रपत्रले सम्मान गरेका हुन्।
पण्डितले सगरमाथा, मनास्लु, एल्ब्रुससहित विश्वका चर्चित हिमालहरुको सफल कीर्तिमानी आरोहण गरिसकेका छन्।