तस्बिर: एन्फा।
भारतको गुवाहाटीमा भइरहेको दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा नेपाल बंगलादेशसँग १ गोलले पराजित भएको छ।
अनन्त तामाङले सातौं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाए पनि अग्रता जोगाउन नसक्दा नेेपाल पराजित भएको हो।
बंगलादेशले ३८औं र ४३ औं मिनेटमा गोल फर्कायो।
मध्यान्तरपछि दुवै टोलिले गोल गर्न सकेनन्।
समूह ‘बी’ को लिग चरणको अन्तिम खेलमा पराजित भएपनि नेपाल उपबिजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ। बंग्लादेश भने समूह बिजेता भएको छ।