दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत पुरुष फुटबल प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले आज बङ्गलादेशको सामना गर्ने भएको छ ।
भारतको गुहावटीमा हुने खेलमा नेपालले विजय लक्ष्यका साथ बङ्गलादेशको सामना गर्न लागेको हो । नेपालले यसअघि भएको पहिलो खेलमा भुटानलाई ५–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरिसकेको छ । भुटान र बङ्गलादेशबीचको खेल १-१ गोलको बराबरीमा टुङ्गिएपछि नेपालले सेमिफाइनलको यात्रा एक खेल अगावै तय गरेको हो ।
त्यस्तै नेपालले बङ्गलादेशलाई पराजित गरेमा समूह बी को विजेता बन्दै सेमिफाइनका यात्रा तय गर्नेछ भने हार बेहोरेमा समूहको उपविजेताका रुपमा सेमिफाइनमा प्रवेश गर्नेछ ।