भारतको गुवाहाटीमा भइरहेको साग खेलकुदमा १३ बर्षिय गौरिका सिंहले बुधाबार पौडीमा राष्ट्रिय किर्तिमान राख्दै रजत जितेकी छिन्। जारी प्रतियोगितामा उनले जितेको यो चौथो पदक हो ।
उनले २ सयम मिटर इन्डिभिज्युअल मिड्लेमा २मिनेट ३३.२६ सेकेन्डसहित रजत दिलाएकी हुन्। यसमा भारतले स्वर्णपदक हात पार्यो। उनले आफ्नै किर्तिमान पनि २५ सेकेन्डले सुधार गरिन्। गौरीकाले यसअघि ५० र २ सय मिटर ब्याकस्ट्रोक तथा ४ सय मिटर फ्रिस्टायलमा कांस्य जितेकी थिइन् ।
गौरिकाको रजतसँगै बुधबार सागमा नेपालको पदक संख्या ३२ पुगेको छ। १ स्वर्ण, १२ रजत र १९ कास्य गरि ३२ पदक जितिसकेको छ।
भारत ११२ स्वर्णसहित १८४ पदक जित्दै पहिलो स्थानमा छ। २० स्वर्णसँगै १२२ पदक जितेको श्रृलंका दोस्रो स्थानमा छ। ७ स्वर्णसहित ५५ पदक जितेको पाकिस्तान तेस्रो र ३ स्वर्णसहित ५१ पदक जितेको बंग्लादेश चौथो स्थानमा छ।
नेपाल पाँचौस्थानमा छ। छैटौं स्थानमा रहेको अफगानिस्तानले पनि बुधबार एक स्वर्ण हात पार्यो। एक स्वर्णसहित अफगानिस्तानको पदक संख्या १५ पुगेको छ।
भुटान र मालदिप्सले स्वर्णपदक जित्न सकेका छैनन्।