भारतको गुवाहाटीमा भइरहेको १२औं साग खेलकुदमा बुधबार उसुतर्फ नेपालले ६ रजत हात पारेको छ।
स्वर्णका लागि प्रतिस्पर्धा उत्रिएका नेपाली खेलाडीहरु सविता राई, झरना गुरुङ, जुनी राई, विन्दु पुन मगर, हरिप्रसाद गोले र राजेश चाैधरीले रजतमा चित्त बुझाए।
यसअघि निमा घर्तीमगरले उसुमा नै नेपाललाई स्वर्ण दिलाएकी थिइन्।
नेपालले अहिलेसम्म १ स्वर्ण, ११ रजत र १५ कास्य गरी २७ पदक जितिसकेको छ।