यु-१९ विश्वकपको क्वाटरफाइनलमा बंगलादेशसँग ६ विकेटले पराजित हुँदै नेपाल बाहिरिएको छ।
नेपालले दिएको २१२ रनको चुनौती बंगलादेशले १० बल बाँकी छँदा पुरा गर्यो। बंगलादेशका मेहदी हसन र जाकिर हसनले ११७ रनको पाटनर्सिप गर्दै जित दिलाए।
नेपालका सुनिल धमलाले २ र सन्दिप लामिछानेले १ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले बंगलादेशलाई २१२ रनको चुनौति दिएको थियो।
निर्धारित ५० ओभरमा नेपालले ९ विकेट गुमाएर २११ रन बनायो । नेपालका लागि कप्तान राजु रिजालको ७२ रन महत्वपूर्ण रहयो। रिजालले ८० बलमा ८ चौका र १ छक्का सहित ७२ रन बनाएका हुन्। यस्तै सुनिल धमलाले २५, दिपेन्द्र सिंह ऐरीले २२ तथा आरिफ शेखले २१ रनको योगदान गरे। प्रेम तामाङ २२ रनमा अविजित रहे।
कुशल भुर्तेलले १४ रन जोडे भने राजविर सिंह ९, सन्दिप सुनार ७, योगेन्द्रसिंह कार्की १ रनमा आउट भए। २ रन जोडेका सुशील कँडेल अन्तिम बलमा रनआउट भए।