तस्बिर: एन्फा।
शहिद स्मारक राष्ट्रिय लिग फूटबलमा सोमबार मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।
बैसाख १२ को भूकम्प पछिस्थगित भएको लिग सोमबार सुरु भएको हो।
भूकम्पले दशरथ रंगशालामा क्षति पुगेपछि खेल एन्फा एकेडेमीको मैदान, सातदोबाटोमा सञ्चालन भएको थियो। निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि अंक बाँडेका हुन्। बराबरीपछि मनाङ १२ अंक सहित तेस्रो स्थानमा उक्लिएको छ। नेपाल पुलिस ७ अंक सहित छैटौँ स्थानमा छ। १६ अंक सहित झापा पहिलो र १४ अंक भएको सशस्त्र प्रहरी दोस्रो स्थानमा छन्।