निवर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठलाई पराजित गर्दै जीवनराम श्रेष्ठ नेपाल ओलम्पिक कमिटीको उपाध्यक्षमा निर्वाचित भएका छन्।
कमिटीको लामा टेन्डी शेर्पा महासचिवमा निर्वाचित भएका छन्। शेर्पाले छिमि उर्गेन लामा र दिपराज गुरुङलाई हराउँदै जित हात पारेका हुन्।
धिरेन्द्र प्रधान, पुरेन्द्रविक्रम लाखे, ज्योती राणा र राजेन्द्र वान्तवा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । रतन टण्डन पनि कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।
लक्की ड्रबाट छानिँदै राजिव श्रेष्ठ कमिटीको सह-महासचिव भए। चतुरानन्द वैद्य र श्रेष्ठ दुवैले १३–१३ मत प्राप्त गरेपछि लक्की 'ड्र' गरिएको थियो।
त्यस्तै, सदस्यहरुमा ट्रायलथुलनका निलेन्द्रराज श्रेष्ठ, एथ्लेटिक्सका संजिव तुलाधर, कुस्तीका समिम मियाँ अन्सारी, पौडीका अशोक बज्राचार्य, जुडोका दीपकहर्ष बज्राचार्य, फेन्सिङका सुनील श्रेष्ठ, व्याडमिन्टनका रमेश श्रेष्ठ, उसुका आङडेन्डी शेर्पा र ह्यन्डबलका तेजबहादुर गुरुङ निर्वाचित भएका छन् ।
नवनिर्वाचित कमिटीको ४ बर्षे कार्याकाल अक्टोबरबाट सुरु हुनेछ ।