स्विसजरल्याण्की शिक्षिका रहेल स्केल्ब मृत्युको जोखिम मोल्दै दरारहरुलाई प्रयोग गरी चीनको युनानमा सफल रकक्लाइम्बिङ गरेकी छिन्।
चीनको युनान प्रान्तमा पर्ने लि मिङ क्षेत्रमा पर्ने यो बलौटे चट्टानका ६० रुटहरु उनले २५ दिनमा चढेकी हुन्।
स्केल्ब स्वीजरल्याण्डमा शिक्षण पेशामा आबद्ध छिन् तर रक क्लाइम्बिङ उनको सोख हो।
१ हजार फिट भन्दा अग्ला चट्टानमा उनी ६५ फीट देखि १०० फिट सम्मका दरार प्रयोग गरी उक्लिएको हुन्।
३३ बर्षिय स्केल्बले चीनका चट्टानहरुमा दरार हुने हुनाले चढ्न रमाइलो हुने बताइन्। उनले भनिन्,'दरार सानो हुँदा कहिलेकाँही औंलाले मात्रै अडिनु पर्छ भने कहिले धेरै ठूला दरारमा समात्ने ठाउँ नै पाइन्न। दरार हात जत्रै भयो भने चाहीँ धेरै सजिलो हुन्छ।'
उनले युनान रक क्लाइम्बिङका लागि संसारकै उत्कृष्ट स्थान भएको बताइन्।
स्वीस फोटोग्राफर थोमस सेन्फले खिचेका स्केल्बले रक क्लाइम्बिङ गर्दै गरेका यी तस्बिरहरु बेलायतको डेल्ली मेलले प्रकाशित गरेको हो।