अन्तर्राष्ट्रिय ट्वान्टी-२० प्रतियोगितामा नेपाल नेदरल्याण्डसँग १८ रनले पराजित भएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १३४ रन बनाएको थियो। १३५ रनको सामान्य स्कोर पछ्याएको नेपाल २० ओभर खेल्दै ६ विकेट गुमाएर १२५ रनमा समेटियो।
नेपालका लागि कप्तान पारस खड्काले अभिजित ४५ रनको योगदान दिए पनि त्यो जितका लागि पर्याप्त रहेन। ४२ बल खेलेका खड्काले १ छक्का र १ चौका प्रहार गरेका थिए।
यस्तै उपकप्तान ज्ञानेन्द्र मल्ल २४ रन बनाए। २२ बल खेलेका उनले ४ चौका प्रहार गरेका थिए। यस्तै राजेश पुलामी मगर १३, शरद भेसवाकर १० बनाउनु बाहेक अन्यले दोहोरो रनको स्कोर बनाउन सकेनन्।
नेदरल्याण्डका लागि स्टेफेन मेबुर्जले सर्वाधिक नटआउट ६७ रन बनाए। ६० बल खेलेका उनले ६ चौका र एक छक्का प्रहार गरेका थिए। यस्तै मिचेल रिपोनले अभिजित २५ रन बनाए। उनले २५ बल खेले। यस्तै पेटर बोरेनले १६ बनाए।
नेपालका लागि बसन्त रेग्मीले २,करन केसीले ३२ रन खर्चिएर १ विकेट लिए। यस्तै सोमपाल कामीले ३० रन खर्चिए। बाँकी दुई खेलाडी रन आउट भए।