श्रींलंकाका फास्ट बलर लासिथ मलिंगाले नेपाल विरूद्ध विश्व ११ बाट खेल्ने भएका छन्।
भूकम्प प्रभावितका लागि सहयोग जुटाउन मलेसियाको किनरारा ओभल मैदानमा हुने ‘ब्याट फर नेपाल’ अभियान अन्तर्गत अगष्ट ९ मा उनी नेपाल विरूद्ध बलिङ गर्ने भएका हुन्।
उक्त दिन नेपाली राष्ट्रिय टोली र विश्व ११ बीच एक दिवसीय क्रिकेट हुने कार्यक्रम छ।
मलेसिया क्रिकेट एशोसिएशनका अध्यक्ष महिन्दा भल्ली पुरामले ट्विट गर्दै विश्व ११ को तर्फबाट मालिंगाले पनि खेल्ने बताएका हुन्।
भूकम्प प्रभावितलाई सहयोग जुटाउन प्रतियोगिताको आयोजना गरिएको हो।