इजरायल र प्यालेसटाइनबीचको समस्याले यसपटकको विश्व फूटबल महासंघ फिफाको साधारण सभामा पनि ठाउँ पाउने भएको छ ।
शुक्रबार स्विजरल्याण्डको जुरिचमा सुरू हुने फिफाको ६५ औं साधारण सभामा इजरायलको सदस्यता खारेज गर्ने विषयमा मतदान हुने भएको छ ।
साधारण सभाका लागि तय गरिएको कार्यसूचीको चौथो बुँदामा 'एक सदस्यको निलम्बन वा खारेजी' उल्लेख गरिएको छ ।
यस्तै ११.२ मा 'इजरायल-प्यालेस्टाइन अपडेट' बुँदा राखिएको छ ।
फिफाले साधारण सभाका लागि १९ बुँदे कार्यसूची तय गरेको छ ।
यसअघि प्यालेस्टाइनले इजरायललाई फिफाको सदस्यबाट हटाउन माग गर्दै निवेदन दिएको थियो । प्यालेस्टाइनी फूटबल संघका अध्यक्ष जिब्राइल रजौबले इजरायलले फूटबलमा पनि दादागिरी देखाएको र प्यालेस्टाइनलाई हेपेको अरोप लगाएका छन् । वेष्टबैंकमा इजरायलले खेलेको बिषयलाई प्यालेस्टाइनले मुख्य मुद्दा बनाएको छ ।
उजुरी गरेको बिषयलाई पुष्टी गर्दै रजौबले स्थानीय सञ्चारमाध्यमसँग भने, 'मैले इजरायली फूटबल संघको फिफा सदस्यता खारेज गर्न माग गरेको छु । इजरायलले हाम्रा फुटबलरलाई सताउन बन्द गर्नुपर्छ ।