यस वर्षको स्पेनिस लिग फुटबलको उपाधि बार्सिलोनाले जितेको छ। गएराति भएको फाइनलमा एथ्लेटिको मड्रिडलाई १-० ले हराँउदै बार्सिलोनाले २३ औं पटक ला लिगाको उपाधि हात पारेको हो।
साविकको विजेता एथ्लेटिको मड्रिडलाई उसकै घरेलु मैदानमा हराउँदै विजयी गराउन लियोनल मेस्सीले खेलको ६५ औं मिनेटमा मेस्सीले विजयी गोल गरे।
जितसँगै दोस्रो स्थानको रियल मड्रिडभन्दा ४ अंक बढी जोडेको बार्सिलोनाले अन्तिम खेल खेल्नु अघि नै उपाधि पक्का गरेको हो।






