इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियनले पहिलो जित दर्ता गरेको छ। बैंलोरमा भएको खेलमा घरेलु टोली बैंलोरलाई १८ रनले हराउँदै मुम्बईले पहिलो जित दर्ता गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेक मुम्बईले निर्धारित २० ओभरको खेलमा २०९ रन बनाएको थियो।
मुम्बईका लागि लेन्डिन्स सिमोनोसले सर्वाधिक ५९ रनको योगदान दिए। यस्तै उन्मुक्त चन्दले पनि ५८ रन बनाए। कप्तान रोहित शर्माले ४२ रन बनाएका थिए।
बैंलोरका लागि डेभिड वाइसले ४ विकेट लिएका थिए।
२१० रनको विजयी लक्ष्य लिएर मैदानमा आएको घरेलु टोली २० ओभरमा ६ विकेट गुमाएर १९१ रनमा समेटियो।बैंलोरका लागि बिस्फोटक ब्याटिङ गरेका एबी डिभ्लियर्सले ११ बलमा ४१ रन बनाए।क्रिश गेल १० रनमा आउट हुँदा विराट कोहली र दिनेश कार्तिकले समान १८ रन बनाए। बैंलोरलाई सस्तैमा समेट्ने क्रममा हरबजन सिंहले ३ विकेट लिए।