इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शनिबारको खेलमा दिल्ली डेयर डेभिल्सले सन राइजर्स हैदरावादलाई ४ विकेट हराएको छ।
४ खेलमा दोस्रो जित निकाल्ने क्रममा दिल्लीले अन्तिम ओभरमा १० रन चाहिएको अवस्थामा २ विकेट लिएर ५ रन मात्र दिएर चार विकेटको रोमाञ्चक जित दर्ता गरेको हो।
अन्तिम २ बलमा ७ रन चाहिएको हैदरावादका करण शर्माको लामो प्रहारलाई दिल्लीका फिल्डरले रोकेका थिए। यस्तै अन्तिम बलमा शर्माले प्रहार गरेको बल हावामा गएपछि शर्मा क्याच आउट भए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले कप्तान जेपी डुमिनीको ५४ र श्रेयस एैयरको ६० रनको मद्दतले ४ विकेट गुमाएर निर्धारित २० ओभरको खेलमा १ सय ६७ रन बनाएको थियो।
१६८ रनको लक्ष्य पछ्याएर मैदानमा आएको हैदाराबाद २० ओभरमा ८ विकेट गुमाएर १६३ मा समेटिएको थियो। हैदरावादका लागि रवि वोपाराले ४१ रन जोडे भने कप्तान डेविड वार्नरले २८ रन बनाए । दिल्लीका कप्तान जेपी डुमिनीले ४ विकेट लिए।