भोलिदेखि राजधानीमा सुरु हुने सोह्र वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आफ्नो पहिलो खेल भुटानसँग खेल्ने भएको छ ।
शनिबार दिउँसो ४ बजे दशरथ रंगशालामा नेपालले भुटासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने भएको हो ।
शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको ड्र अनुसार नेपालसहित भुटान, अफगानिस्तान र पाकिस्तान समूह एमा परेका छन् भने भारत, बंगलादेश र श्रीलंमा समूह बीमा परेका छन् ।
प्रतियोगितामा सहभागि हुने सबै सात टिम आइसकेपछि आज प्रतियोगिताको ड्र सार्वजनिक गरिएको हो । माल्दिप्सले भने प्रतियोगितामा सहभागि जनाएन ।
यसैबीच अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यु–१६ च्याम्पियनसिपका लागि हेमन्त थापामगरको कप्तानीमा २३ सदस्यीय अन्तिम टोली तयार पारेको छ । छनोटमा पर्ने खेलाडीमा आकाश थापा, अमित तामाङ, अभिलष थापा, अनन्त तामाङ, अनिल राई, अन्जन विष्ट, विकाश थापा, विमल घर्तिमगर, दिनेश राजवंशी, गौरब बुढाथोकी, किरण सुनार, ललित थापा र निशान्त ढुङ्गाना छन् । त्यसैगरी अन्य खेलाडीमा प्रवीण श्रेष्ठ, रवि भण्डारी, रोमन रसाइली, रुपेश तामाङ, सजन मगर, सन्जोक राई, शिव सेबेदी, सुजन लिम्बु र छिरिङ गुरुङ रहेको एन्फा महासचिव धीरेन्द्र प्रधानले जानकारी दिए ।
नेपाली टोली व्यवस्थापकको जिम्मा दिनेश व्यञ्जनकारले सम्हाल्नेछन भने मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन रहेका छन्। अन्य प्रशिक्षहरूमा सुनिलकुमार श्रेष्ठ र मृगेन्द्र मिश्र रहेका एन्फाले जनाएको छ ।
प्रतियोगिताका खेलहरू दशरथ रङ्गशाला र लगनखेलस्थित नेपाली सेनाको राजदल सैनिक खेलकुद केन्द्रको मैदानमा सञ्चालन हुने छन्।
भोलि हुने खेल
नेपालविरुद्ध भुटान- दशरथ रंगशाला (४ बजे)
अफगानिस्तानविरुद्ध पाकिस्तान–राजदल सैनिक खेलकुद केन्द्र लगनखेल (४ बजे)
टाइसिट यस्तो छ
तस्विर : क्रान्ति थापा