दक्षिण अफ्रिकाका ब्याट्सम्यान हसिम अम्लाले भारतीय उपकप्तान बिराट कोहलीले बनाएको विश्व रेकर्ड तोडेका छन्।
विश्वकप कप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार आयरल्यान्डविरुद्दको खेलमा उनले सबैभन्दा छिटो २० वटा सतक बनाउने ब्याट्म्यानको रेकर्ड आफ्नो नाममा बनाएका हुन्। यसअघि यो रेकर्ड विराट कोहलीको नाममा थियो।
अम्लाले आफ्नो करिअरको १०८ औं वान डे खेल्दै यो रेकर्ड बनाएका हुन् । यसभन्दा अघि भारतीय उपकप्तान बिराट कोहलीले यो रेकर्ड राख्न १३३ वान डे खेल्नु परेको थियो । आयरल्यान्डविरुद्दको खेलमा अम्लाले १२८ बलको सामना गर्दै १६ चौका र ४ छक्काको मद्दतमा १५९ रन बनाएका थिए।
यो खेलसँगै उनले १११ वटा वान डे खेल्दै ५६.७२ को औसतमा पाँच हजार ६ सय १६ रन बाउन सफल भए । पछिल्लो केही समययता अम्ला वान डे र टेस्ट प्रतियोगिताको उत्कृष्ट पाँच ब्याट्सम्यानमा पर्दै आएका छन्।