चेल्सीले क्यापिटल वान कप फुटबलको उपाधि हात पारेको छ। गएराति भएको खेलमा टोटनहृयामलाई २-० ले पराजित गर्दै चेल्सीले उपाधिमाथि कब्जा जमाएको हो।
जोन टेरीको गोलबाट वेम्बलीमा भएको खेलमा चेल्सीले पहिलो हाफको अन्तिम मिनेटमा अग्रता लिएको थियो। यस्तै ५६ औं मिनेटमा डिएगो कोष्टाको प्रहार रोक्ने क्रममा काइल वार्करले आफ्नै पोष्टमा गोल गर्न पुगेपछि चेल्सी २-०को अग्रता लिन सफल भयो।
खेलमा थप गोल हुन सकेन र चेल्सी २-० को जितका साथ उपाधि जित्न सफल भयो।