अन्तर्राष्ट्रिय आमन्त्रण १७ औं रेडबुल बुढासुब्बा गोल्डकप सुरु भएको छ। शनिबारको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले रुपन्देहीको जिल्ला लिग च्याम्पियन लिस्नु क्लबलाई ४–० गोल अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो।
एन्फा एकेडेमीको खेल मैदानमा सुरु भएको खेलमा लिस्नुलाई हराउन सेभि्रक आभा, निराजन खड्का, प्रकाश बुढाथोकी र शशी राई काफी बने। खेलको म्यान अफ दि म्याच आयोजकबाट प्रकाश बुढाथोकी हुँदै नगद ५ हजार रुपैया प्राप्त गरे।
आयोजकबाट गोलरक्षक अतिस तामाङ र शशि राईको डेब्यु हेर्न लायक बन्यो। ‘भनेजस्तो टिम सेट नभए पनि खेल समग्रमा राम्रो भयो। तर, अर्को खेलमा थप टिम सेट गर्ने छौं, प्रशिक्षक सुवास केसीले भने। धरानबाट थि्र स्टारमा आवद्ध धरानका खेलाडीहरु र तीनजना अफ्रिकन खेलाडीहरुलाई समेटेको छ।
जस्को लक्ष्य उपाधि जित्ने छ। लिस्नु निर्धारित समयसम्म लयमा आउन नसक्दा धरानको लागि जित सहज बन्यो। ‘हाम्रा केही खेलाडीहरुको कमी महसुस भएकै हो।, लिस्नुका व्यवस्थापक कृष्ण गुरुङले भने। मिडफिल्डर विश्वास श्रेष्ठ र कालु थापाको अभावले लिस्नुमा खटि्कदा धरानले दवावमा राख्न सफल भयो।
पहिलो हाफको १९ मिनेटमा अफि्रकन खेलाडी सेभि्रकले गोल गर्ने मौका जुर्यो। जस्लाई प्रकाश बुढाथोकीले क्रस मिलाइदिएका थिए। उनले भली गोल गरे। दोस्रो हाफको १३ मिनेटमा निराजन खड्काले दोब्बर पारे। उनलाई प्रकाशको वन भरसेज वनलाई सदुपयोग गरे। खेलको २३ मिनेटमा प्रकाश बुढाथोकीले गोल गर्दै स्कोर तेब्बर पारे। खेलको इन्जुरी समयमा निराजनको क्रस पासलाई शशीले गोलमा परिणत गर्दै जित निकाले।
पहिलो हाफ दवावमा रहेको लिस्नुलाई दोस्रो हाफको २१ मिनेटमा सुन्दर अवसर जुर्यो। भिक्टरको पासलाई एल्भिसको प्रहार माथिल्लो बारमाथिबाट बाहिरियो। त्यस्तै २५ मिनेटमा भिक्टरको क्रसपासमा फितलो हेडलाई विपक्षी गोलरक्षक अतिस तामागले बचाए। लिस्नुका रवि सोबलले २० यार्डबाट गरेको प्रहार गोलरक्षक अतिसले बचाउँदा पुन एल्भिसले हेडको मौका पाएका थिए। तर, पुनः गोलरक्षक अतिसले सुन्दर बचावट गर्दा लिस्नुको गोल गर्ने मौकासमेत गुम्यो।
खेलको उद्घाटन माननीय सभाषद् कृष्णकुमार राईले गरेका थिए। प्रतियोगिताको उद्घाटनको क्रममा नेपाली तारा ३ का फाइलन प्रतिस्पर्धी इटहरीका देवेस राईकोसमेत प्रस्तुति रहेको थियो। प्रतियोगितामा ८ वटा टिमहरु सहभागी छन्। आज (आइतबार) को खेल विभागीय टिम त्रिभुवन आर्मी क्लब काठमाडौं र कास्की फुटबल क्बल कास्की पोखराबीच हुदै छ। त्रिभुवनले यसपटक चारवटा उपाधि उचालिसकेको छ भने भर्खरै सकिएको विराट गोल्डकपमा उपविजेतामा सिमित बनेको थियो।
प्रतियोगिता विजेताले नगद ३ लाख ५० हजार रुपैयासहित सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद १ लाख ७५ हजार रुपैयासहित सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन्। त्यसतै व्यक्तिगत पुरस्कारसमेत दिइने डिएफसीका अध्यक्ष किशोर राईले बताए।
भोलिको खेल त्रिभुवन आर्मी र कास्की फुटबल क्लब