विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत शनिबार आयोजक राष्ट्र न्यूजिल्यान्डले अर्को आयोजक अस्ट्रेलियामाथि रोमाञ्चक जित निकालेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरको खेलमा ३२.२ ओभरमा अलआउट हुँदै दिएको १५२ रनको लक्ष्य न्यूजिल्यान्डले २३.१ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो।
उपाधिको बलियो दावेदार मानिएको न्यूजिल्याण्डले आफ्नो महत्वपूर्ण खेलमा अष्ट्रेलियाविरुद्ध १ विकेटको सनसनीपूर्ण जित हात पारेको हो ।
यसअघि इडन पार्कमा अष्ट्रेलियाले प्रस्तुत गरेको १५१ रन बनाएको थियो। १५२ रनको झिनो लक्ष्य लिएर मैदानमा आएकको न्यूजिल्याण्डले ब्रान्डन म्याकुलमको अर्धशतकको मदतमा भेट्टाएको हो।
न्यूजिल्याण्डका लागि ट्रेन्ट बल्टले पाँच विकेट लिएका थिए। टीम साउथी र भिट्टोरीले २-२ विकेट लिए । कोरी एण्डरसनले एक विकेट लिए ।
३० रन जोड्दा पहिलो विकेटका रुपमा ओपनर एरोन फिन्चलाई १४ रनमा गुमाएको अष्ट्रेलियाका लागि डेभिड वार्नर र शेन वाट्सनले दोस्रो विकेटका लागि ५० रनको साझेदारी गरेका थिए ।
बाट्सन २३ रनमा आउट भए । डेभिड वार्नर र शेन वाट्सनको साझेदारी टुटेपछि अष्ट्रेलियाको विकेट झर्ने क्रम तिव्र भयो । २६ रन जोड्दा ७ विकेट गुमायो । वार्नरले ३४ रन बनाए भने कप्तान माइकल क्लार्क १२ रनमा आउट भए ।
ब्राड हेडिनले नवौं विकेटका लागि पेट कुमिन्ससँग ४५ रनको साझेदारी गरे । हेडिन ४३ रनमा आउट भए भने कुमिन्स ७ रनमा अविजित रहे ।