बंगलादेशलाई ९२ रनले हराउँदै श्रीलंकाले दोस्रो जित दर्ता गरेको छ। विश्वकप क्रिकेटमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले बंगलादेशविरुद्ध निर्धारित ५० ओभरमा १ विकेट गुमाउँदै ३३३ रनको लक्ष्य दिएको थियो।
३३३ रनको लक्ष्य पछ्याएको बंगलादेश ४७ ओभरमा अलआउट हुँदै पराजित भएको हो।
कुमार सांगाकारा र तिलकरत्ने दिलशानको अभिजित २१० रनको साझेदारीको सहयोगले विश्वकप क्रिकेटमा बंगलादेशलाई ३३३ रनको लक्ष्य दिएको थियो
यसअघि आफ्नो ४०० औं एक दिवसीय खेलेका तिलकरत्ने दिलसानले १४६ बल खेल्दै किर्तिमानी १६१ रन बनाएका थिए।
यो सँगै उनी सचिन तेन्दुलकर, सनथ जयसूर्या र माहिला जयवर्ध्दनेपछि ४०० भन्दा बढी एक दिवसीय खेल्ने चौथो खेलाडी बनेका छन्। कुमार शांगाकारले ७६ बलमा १०५ बनाएपछि श्रीलंका ३ सय बढीको योगफल बनाउन सफल भएको थियो। लहिरु थिरमान्ने अर्ध सतक बनाए लगत्तै ५२ रनमा आउट भएका थिए।
टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरको खेलमा १ विकेट गुमाउँदै ३३२ रन बनाएको हो। श्रीलंकाका लागि दिलशानले सर्वाधिक १६१ रन बनाए। १४६ बल खेलेका उनले २२ चौका प्रहार गरेका थिए। यस्तै ७३ बलमा १०० रन बनाएका सांगाकाराले ७६ बल खेल्दै १०५ रन बनाए। उनले १ छक्का र १३ चौका प्रहार गरे। यसअघि पहिलो विकेटका रूपमा लाहिरू थिरिमानेले ५२ रन जोडेका थिए। ७२ बल खेलेका उनले तीन चौका प्रहार गरेका थिए।