राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ क्रिकेट प्रशिक्षक अरुण कुमार अर्यालको प्रशिक्षणमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले १८ जना खेलाडीहरु सम्मिलित क्रिकेट टिम स्थापना गरेको छ।
निकट भविष्यमा नै क्रिकेट टिमलाई पूर्णता दिई विभिन्न राष्ट्रिय प्रतियोगिताहरुमा भाग लिइने योजना रहेको सेनाले बताएको छ।
विगत देखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा नेपाली सेनाका खेलाडीहरुले उच्च प्रदर्शन गर्दै संस्था र राष्ट्रको साख उच्च राख्ने कार्य गर्दै आएका छन्। हालै स्थापना गरिएको क्रिकेट टिमले पनि यहि इतिहासलाई कायम राख्दै नेपाली क्रिकेट खेलको क्षेत्रमा नयाँ अध्याय थप्ने विश्वास गरिएको छ।