आयोजक न्यु स्टार भरौल रातो प्रथम भरौंल गोल्डकपको फाइलनमा पुगेको छ। उसले उपाधिको लागि इटहरीको राष्टि्रय जागृति क्लवसँग स्पर्धा गर्दै छ। फाइलन माघ १७ गते हुँदै छ।
स्थानीय जडेज उच्चमाविमा बिहीबार सम्पन्न सेमिफानल खेलमा गाइघाट फुटबल क्लव उदयपुरलाई ५–० को भारी गोलले हराउँदै फाइनलमा पुगेको छ। आयोजकबाट समिप लिम्बूले ह्याटि्रक पूरा गर्दा सागर चौधरी र विपिन पराजुलीले थप एक एक गोल गरे।
गाइघाटबाट कुनै पनि गोल हुन सकेन्। खेलको म्यान अफ म्याच ह्याटि्रक पूरा गरेका समिप घोषित भए। खेलको १४ औं मिनेटमा सागरले गोल गर्दै अग्रता लिए। ह्याटि्रककर्ता समिपले २० मिनेटमा दोब्बर पारे। उनले दोस्रो हाफको ७ र १८ मिनेटमा गोल गर्दै ह्याटि्रक पूरा गरे। विपीनले २० मिनेटमा थप गोल गर्दै टिमलाई जिताए।
विजेताले नगद ५० हजार रुपैयासहित ट्रफी र उपविजेताले नगद २५ हजार रुपैयासहित ट्रफी पाउने आयोजक न्यु स्टार भरौलका अध्यक्ष भेषराज कार्कीले बताए।