सुनसरीको भरौलमा जारी प्रथम भरौंल गोल्डकपमा राष्टि्रय जागृति क्लव इटहरी उपाधि नजिक पुगेको छ।
स्थानीय जडेज उच्चमाविको खेल मैदानमा बुधबार सम्पन्न सेमिफाइलन खेलमा एपिएफ झापालाई १ ० गोल अन्तरले पराजित गर्दै फाइलनमा पुगेको हो। जितको लागि निर्णायक गोल जीवन चौधरीले गरे।
उनले खेलको १४ औं मिनेटमा निर्णायक गोल गरेका थिए। अन्त्यन्तै प्रतिस्पर्धात्मक खेलमा एपिएफका गोलबवर्षाहरु विपक्षीहरुले विफल तुल्याएको थियो। खेलको म्यान अफ दि म्याच जागृतिका कब्बु राई घोषित भए।
भोलि(बिहीबार) को अन्तिम सेमिफाइलन खेल आयोजक न्यु स्टार भरौल रातो र गाइघाट फुटबल क्लब उदयपुरबीच हुँदै छ।