नेपाल भलिबल सङ्घको आयोजनामा आजदेखि काठमाडाँैमा सञ्चालन हुने प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबल प्रतियोगिताको सम्पूर्णं तयारी पूरा भएको छ।
सङ्घद्वारा विहिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष दानबहादुर तामाङले दिएको जानकारीअनुसार प्रतियोगितामा सहभागी हुने राष्ट्र श्रीलङ्का, माल्दिभ्स र अफगानिस्तानका राष्ट्रिय खेलाडी नेपाल आइपुगेका छन्।
नेपाल भलिबल सङ्घका अनुसार यस वर्ष तयार पारिएको १२ सदस्यीय राष्ट्रिय टोलीमा नेपाल प्रहरीका चार जना, सशस्त्र प्रहरीका सात जना र नेपाली सेनाबाट एक जना खेलाडी रहेका छन्।
सङ्घका महासचिव जितेन्द्र चन्दका अनुसार ईम रानामगर र खुसी चौधरी लिफ्टरमा रहेका छन् भने सञ्जय अर्याल, सुनिल श्रेष्ठ, कुलबहादुर थापा, मिलन मल्ल, राजबहादुर चौधरी, महेन्द्र श्रेष्ठ, राजकुमार थापा र चन्द्र कँुवर स्पाइकरमा रहेका छन्। त्यसैगरी पुष्पजङ्ग मल्ललाई लिवरोको जिम्मा दिइएको छ।
नेपाली टोलीका प्रमुख प्रशिक्षक कपिलकिशोर श्रेष्ठले सन् २०१० देखि प्रथम भएका खेलाडी छनोट गरी राष्ट्रिय टोली तयार गरिएकाले नेपाली टोली निकै सशक्त भएको बताए।
राउन्ड रोबिन लिगका आधारमा खेलाइने प्रतियोगिताका विजेता खेलाडीले रु दुई लाख, दोस्राले रु एक लाख र तेश्रो हुनेले रु ५० हजार पुरस्कार हात पार्ने छन्। रासस
प्रकाशित मिति: 2013-07-11 23:44:15