डिभिजन–२ क्रिकेट : नेपालद्वारा नामिविया ३ विकेटले पराजित

चुनाव
  • Get News Alerts

tata
कप्तान पारस खड्काको आक्रामक व्याटिङको मदतमा नामिवियामा जारी आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–२ मा नेपालले आयोजक राष्ट्र नामिवियालाई ३ विकेटले पराजित गरेको छ । जितसँगै नेपालले डिभिजन–१ मा उक्लिने सम्भावना बलियो बनाएको छ भने डिभिजन २ कायम हुने पक्का भएको छ । 
 
बुधवार भएको आफ्नो चौथो खेलमा नेपालले नामिवियालाई ३ विकेटले पराजित गर्दै आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–२ तेस्रो जित दर्ता गरेको हो । तेस्रो जितसँगै नेपालले डिभिजन–२ मा  कायम रहने सम्भावना बलियो बनाएको छ । 
नामिवियाले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको नेपालले ३७ दशमलब ५ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो ।
जवाफी व्याटिङमा उत्रिएको नेपाललाई सुरुवातमै झट्का लाग्यो ।
ओपनर व्याट्स म्यान नरेश वुढाएरको स्थानमा नामिवियाविरुद्ध क्रिजमा उत्रिएका सागर पुन ७ रन जोड्दै पेभिलियन फर्किए भने सुवास खकुरेल २५ बलमा ४ रन बनाउँदै आउट भए । त्सपछि नेपालको इनिङ्स कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले सम्हाले । 
नेपालको इनिङ्स सम्हालेका कप्तान पारसले ६४ रन जोडे भने उपकप्तान ज्ञानेन्द्र मल्लले ३१ रन बनाए । यस्तै विनोद भण्डारीले १८ , शरद भेष्वाकरले ७ रन जोडे भने आरिफ शेख एक रनमै पेभिलियन फर्किए । यस्तै बसन्त रेग्मी ५ र सोमपाल कामी २ रनमा अविजित रहे । 
यसअघि टस जितेर पहिले व्याटिङ गरेको नामिवियाले ४९ दशमलब १ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रनको योगफल तयार पारेको थियो । नामिवियालाई सस्तैमा समेट्न नेपालका लागि करण केसीले ३, सोमपाल कामी, शक्ति गौचन र बसन्त रेग्मीले  समान दुई–दुई विकेट लिएका थिए । यसअघि पहिलो खेल नेपाल युगान्डासँग २ रनले पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई २ विकेट र क्यानडालाई ७ विकेटले पराजित  गरेको थियो ।
Hyundai
nic asia
mahindra
hawali
alka

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • अर्जेन्टिनाले साम्पाउलीलाई प्रशिक्षक बनाउन १५ लाख युरो खर्चिनु पर्ने

    अर्जेन्टिनाले साम्पाउलीलाई प्रशिक्षक बनाउन १५ लाख युरो खर्चिनु पर्ने

    जर्जे साम्पाउलीलाई पूर्णरुपमा प्रशिक्षकमा नियुक्त गर्न अर्जेन्टिनी फुटबल संघले स्पेनको सेभिया क्लबलाई थप १५ लाख युरो खर्चिनु पर्ने क्लबका अध्यक्ष जोसे कास्ट्रोले बताएका छन्। चिलीका पूर्व प्रशिक्षक साम्पाउलीले स्पेनिस ला लिगअन्तर्गत अन्तिम खेलमा आफू अर्जेन्टिनी राष्ट्रिय टोलीको प्रशिक्षक बनेर जान लागेको खुलासा गरेका थिए। उनलाई बर्खास्त गरिएका पूर्व अर्जेन्टिनी प्रशिक्षक इडगार्डो बाउजाको स्थानमा अर्जेन्टिनाले प्रशिक्षकमा नियुक्त गरेको हो।

  • सिङ्गापुरविरुद्ध मेसी पनि खेल्ने

    सिङ्गापुरविरुद्ध मेसी पनि खेल्ने

    विश्व चर्चित स्ट्राइकर लिओनल मेसी सिङ्गापुरविरुद्ध मैत्रीपूर्ण खेलका लागि अर्जेन्टिनी टोलीमा समावेश भएका छन्। सिङ्गापुर र अर्जेन्टिनाको मैत्रीपूर्ण खेल आउँदो जुन १३ मा हुँदैछ। अर्जेन्टिनाले यस खेलका लागि बार्सिलोनाका स्टार स्ट्राइकरलाई टिममा समावेश गराएको हो। मेसीले १ सय १७ अन्तर्राष्ट्रिय खेलमा देशका लागि सर्वाधिक ५८ गोल गरिसकेका छन्। उनी कट्टर प्रतिद्वन्दी ब्राजिलविरुद्ध जुन ९ मा मेलबोर्न क्रिकेट मैदानमा हुने अर्को खेलका लागि टिममा समावेश भइसकेका छन्।

  • रोनाल्डोले गरे मेसीको एउटा कीर्तिमानको बराबरी

    रोनाल्डोले गरे मेसीको एउटा कीर्तिमानको बराबरी

    रियल म्याड्रिडका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले बार्सिलोनाका आफ्ना प्रतिद्वन्दी लिओनल मेसीको ८ वर्षदेखि हरेक सिजन ला लिगामा २५ भन्दा बढि गोल गर्ने कीर्तिमानलाई बराबरी गरेका छन्।

  • मेसी ‘युरोपियन गोल्डेन शु’ अवार्डमा रोनाल्डोको कीर्तिमान बराबरी गर्दै

    मेसी ‘युरोपियन गोल्डेन शु’ अवार्डमा रोनाल्डोको कीर्तिमान बराबरी गर्दै

    बार्सिलोनाका लागि यो सिजन निकै खराब रहयो। तर, क्लबका स्टार स्ट्राइकर लिओनल मेसीको उत्कृष्ट प्रदर्शनमा यसपालि पनि कुनै कमी आएन्। मेसीले एइबारविरुद्ध गएराती पराजयउन्मुख आफ्नो टोलीको उद्धारका लागि अन्त्यतिर २ गोल गरे। यो गोलसँगै उनी यसपालि ला लिगामा ३७ गोल पुरा गर्न सफल भए।

  • म्यानचेस्टर सिटी र लिभरपुल च्याम्पियन्स लिगमा, आर्सनल बाहिरियो

    म्यानचेस्टर सिटी र लिभरपुल च्याम्पियन्स लिगमा, आर्सनल बाहिरियो

    म्यानचेस्टर सिटी र लिभरपुल च्याम्पियन्स लिगका लागि छनोट भएका छन्। तर, आर्सनल भने छनोटबाट बाहिरिएको छ। आइतबार राती बेग्ला बेग्लै खेलमा सिटीले वार्टफोर्डलाई उसैको घरेलु मैदानमा ५ गोल हाने पछि आगामी सिजन च्याम्पियन्स लिगका लागि छनोट भएको हो।

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी