गायक योगेश्वर अमात्यले नेपाल खेलकुद पत्रकार मञ्चले स्थापना गर्न लागेको पुस्तकालयका लागि एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
खेलप्रेमी गायक अमात्यले सोमबार एक कार्यक्रमबीच मञ्चका निवर्तमान अध्यक्ष निरञ्जन राजवंशी र महासचिव महेश आचार्यलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।
साथै गायक अमात्यले मञ्चलाई सार्प ब्रान्डको ४० इञ्चको एलसीडी टेलिभिजन पनि सहयोगस्वरुप प्रदान गरेका छन्। टिभी सेन्टर कुमारीपाटीका अरुण भट्टराईले एक थान उफर सेट पनि सहयोग गरेको मञ्चका सचिव प्रकाश तिमल्सिनाले बताए।