राजधानीमा जारी प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा आइतबार भएको प्रतियोगितामा नेपाली महिला टोली भारतसँग ३–० को सोझो सेटमा पराजित भएको हो।
नेपालले भारसामू खेलको पहिलो सेटमा २५–१६, दोस्रो सेट २५–१७ र तेस्रो सेट पनि २५–१७ ले गुमाएको हो। यो
भारतले यसअघि पहिलो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो। त्यस्तै नेपालले पनि यसअघिका खेलहरूमा पहिलो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो भने दोस्रो खेल बङ्गलादेशलाई पनि ३–० को सोझो सेटमा पाखा लगाएको थियो।
यसैगरी आजै भएको पहिलो खेलमा श्रीलङ्काले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्यो ।
भोलिको पहिलो खेल दिउँसो २ बजे बङ्गलादेश र माल्दिभ्स तथा दोस्रो खेलमा ४ बजे भारत र श्रीलङ्काबीच हुनेछ।