स्पेनिस क्लब रियल मड्रिडले क्लब विश्वकप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ। गएराति मोरक्कोमा भएको फाइनलमा दक्षिण अमेरिकन प्रतिद्वन्द्वी सान लोरेन्जोलाई २–० ले हराउँदै उपाधिमा कब्जा जमाएको हो।
रियलका लागि रामोस र बेलले गोल गरेका हुन्। खेलको ३७ औं मिनेटमा रामोसको गोलबाट रियलले अग्रता लिएको थियो। यस्तै दोस्रो हाफको शुरुमै बेलले गोल गरेपछि रियालले यो सिजनमा दोस्रो उपाधि हात पारेको हो।
यो सिजनमा उत्कृष्ट लयमा रहेको रियलले च्याम्पियन्स लिग र स्पेनिश ला लिगामा पनि लगातार किर्तिमानी जित निकाल्दै आएको छ।