चेन्नइ सुपर किंग्स क्लबलाई भारतको सर्वोच्च अदालतले आइपिएल टिमको मान्यता रद्द गर्न आदेश दिएको छ। आइपिएलमा भएको स्पट फिक्सिङको मुद्दाबारे सुनवाइ गर्दै अदातलले यस्तो फैसला गरेको वीवीसीले जनाएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसिसिआईलाई चेन्नइको आइपिएल टिमको मान्यता रद्द गर्न सर्वोच्चले आदेश दिँदै अब यो विषयमा थप जाँच नहुने बताएको छ।
अदालतको आदेशलाई कार्यान्वयन गर्न बिसिसिआइलाई आग्रह समेत गरेको छ।
यसैबीच अदालतले चेन्नइ सुपरकिङ्सलाई आइपिएलका लागि अयोग्य ठहर गरेको छ। बिसिसिआइका अध्यक्ष एन श्रीनिवासनले खेलमा फिक्सिङ हुँदैछ भन्ने थाहा पाएर पनि केही कदम नचालेको अनुसन्धान समितिको रिर्पोटमा जनाएको छ।