खेलकै दौरान घाइते भएका अष्ट्रेलियाका क्रिकेटर फिलिप ह्युग्सको निधन भएको छ।
उनी दक्षिण अष्ट्रेलिया र दक्षिण वेल्सबीचको खेलमा मंगलबार ब्याटिङ गर्दागर्दै घाइते भएका थिए।
कानको पछाडि हेल्मेट छलेर न्यु साउथ वेल्सका बलर सिन एबटको 'सर्ट पीच'को बलले उनलाई लागेको थियो।
१४० किलोमिटर प्रतिघण्टाको रफ्तारको बलले लागेपछि घाइते भएका उनलाई लगत्तै स्ट्रेचरमा राखेर अस्पताल पुर्याइएको थियो
२५ वर्षीय क्रिकेटरलाई अस्पतालको कोमामा राखेर उपचार गरिएको थियो। उनको शुक्रबार बिहान सिड्नीमा निधन भएको बिबिसीले जनाएको छ।