आर्सनल च्याम्पियन्स लिग फुटबल नकआउट चरणमा प्रवेश गरेको छ। बुधबार राति घरेलु मैदानमा भएको खेलमा बुरोसिया डर्टमुण्डलाई २-० ले पराजित गर्दै अन्तिम १६ मा पुगेको हो। योसँगै आर्सनल लगातार १५ औं सिजन नकआउट चरणमा स्थान बनाएउने टोली भएको छ। आर्सनलसँग पराजित बुरोसिया यसअघि नै नकआउट चरणमा पुगिसकेको छ।
समूह डीमा रहेको बुरोसिया डर्टमुण्ड १२ अंकसहित शीर्ष स्थानमा छ भने आर्सनल १० अंकका साथ दोस्रो स्थानमा छ।
आर्सनलको जितका लागि याया सनागोको खेलको दोस्रो मिनेटको गोल गर्दै खेलमा अग्रता लिएको थियो। यस्तै दोस्रो हाफको ५७ औं मिनेटमा एलेक्स सान्चेजले गोल गरे।