नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्ने स्पोर्टस् अवार्डको ११ संस्करण आज हुँदैछ । विश्व खेलकुद पत्रकार दिवसको अबसर पारेर राजधानीको प्रज्ञा भवनमा हुने कार्यक्रममा विभिन्न ८ विधामा उत्कृष्ट छनोट गरी पुरस्कार तथा सम्मान गर्ने कार्यक्रम रहेको छ ।
उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी, प्रशिक्षक, पारा एथलिट, लाइफटाइम एचिभमेन्ट विधामा सम्मान तथा पुरस्कृत गरिनेछ । उत्कृष्ट पुरुष, महिला र लोकप्रिय खेलाडीले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् भने अन्य विधाका विजेताले ५०-५० हजार नगद पुरस्कार प्राप्त गर्ने मञ्चले जनाएको छ । को होलान् उत्कृष्ट मनोनयनमा परेका खेलाडीहरु हेर्नुहोस् ।
वर्षको उत्कृष्ट खेलाडी (पुरुष)
- पारस खड्का (क्रिकेट)
- बसन्त रेग्मी (क्रिकेट)
- तिलकराम थारु (एथ्लेटिक्स)
- भरत खवास (फुटबल)
- सुनिल लामा (कराते)
वर्षको उत्कृष्ट खेलाडी (महिला)
- गंगादेवी अधिकारी- (कराँते)
- अनु लामा-(फुटबल)
- झरना गुरुङ -(उसु)
- जमुना गुरुङ- (फुटबल)
- श्रेया धिताल-(पौडी)
वर्षको उत्कृष्ट खेलाडी (युवा)
- शिरिष गुरुङ - (पौडी)
- चाहना बम्जन लामा -(उसु)
- आकास बिष्ट- (क्रिकेट)
- निरु थापा -(फुटबल)
- रत्नजीत तामाङ (ब्याडमिन्टन)
वर्षको उत्कृष्ट प्रशिक्षक
- पुबुदु दासानायके- (क्रिकेट)
- युवराज गुरुङ - (उसु)
- अकवर शाह- (कराते)
- वाङ्देन लामा- (पौडी)
- नरबहादुर शाही- (एथलेटिक्स)
लोकप्रिय खेलाडी
- पारस खड्का - (क्रिकेट)
- जगजित श्रेष्ठ - (फुटबल)
- शिरीष गुरुङ- (पौडी)
- झरना गुरुङ - (उसु)
- केशरी चौधरी - (एथलेटिक्स