ट्राइब्रेकरमा आयोजक पथरीलाई हराउँदै दार्जिलिङको कञ्चनजंघा फुटबल क्लब मोरङको पथरीमा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी गोल्डकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
पथरी रंगशालामा भएको खेलमा आयोजकलाई ट्राईबेरकमा २ का बिरुद्ध ३ गोलले पराजित गर्दै कञ्चनजंगा बिजयी भएको हो।
निर्धारित समयमा दुबै टिमबाट २-२ गोल भएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो।
निर्धारित समयमा कञ्चनजंगाका लागि करण थापा र बिशाल तामाङले १/१ गोल गरेका थिए भने आयोजक पथरीका लागि म्यान अफ द म्याच समेत भएका हेमन्त थापामगर एक्लैले २ गोल गरेका थिए।
प्रतियोगिता अर्न्तगत भोलि हुने क्वाटरुफाईनल खेलमा हिजोको खेलको बिजेता चर्च व्वाईज क्लब काठमाण्डौ र एन्फा कप बिजेता झापा ११ बिच प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष धनकुमार तामाङले जानकारी दिए।
तस्विरः गोपाल काफ्ले