राजधानीमा आउँदो कात्तिक अन्तिम सातादेखि शुरु हुने गणेशमान स्मृति राष्ट्रिय च्याम्पियनशिप अन्तर्गत क्षेत्रीय कराँते प्रतियोगिताका लागि शनीबार कञ्चनपुरवाट कराँते खेलाडी छनोट गरिएको छ।
महेन्द्रनगरस्थित कभर्डहलमा क्षेत्रीय प्रतियोगिताका लागि १४ खेलाडी छनोट गरिएको हो। छनोट हुनेमा ८ पुरुष तथा ६ महिला खेलाडी छन्। छनोट हुने खेलाडीमा पुरुष ५० किलो तौलतर्फ आशिष धामी, ५५ किलोमा चन्द्र दयार, ६० किलोमा विक्रम चनारो, ६७ किलोमा महमद सेकु आलम, ७५ किलोमा भरत वडुवाल तथा ८४ किलोमा दल वहादुर विष्ट छन्।
यस्तै महिलातर्फ ४५ किलो तौलमा कमला पातली, ५० किलोमा रजनी भण्डारी, ५५ किलोमा पुजा खड्का, ६१ किलोमा मन कुमारी वुढाथोकी तथा ६८ किलोतर्फ झरना चौधरी छनौट भएको कराँते बरिष्ठ प्रशिक्षक विमल खडायतले बताए। यस्तै पुरुष कातातर्फ आशिष धामी, रोहित उराउ र विवेक चन्द तथा महिलातर्फ विमला क्षेत्री, पुजा खड्का र मन कुमारी बुढाथोकी छन्।
छनोट भएका खेलाडीले आउँदो कात्तिक १९ र २० गते कैलालीको सुख्खडमा सञ्चालन हुने सुदूरपश्चिम स्तरीय क्षेत्रीय कराँते प्रतियोगितामा सहभागिता जनाउने कराँते प्रशिक्षक कर्म बहादुर सिँहले बताए।
क्षेत्रीय प्रतियोगितावाट छनोट हुने खेलाडीले कात्तिक २४ गतेदेखि राजधानीमा सञ्चालन हुने गणेशमान स्मृती राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गर्ने प्रशिक्षक सिँहले बताए।
छनोट प्रतियोगिता करिष्ठ कराँते प्रशिक्षक खडायत, कराँते प्रशिक्षक सिँह, प्रशिक्षक विरेन्द्र चन्द र जमुना वस्नेतले सञ्चालन गरेका थिए। प्रतियोगितामा जिल्लाका १० कराँते डोजोका खेलाडी सहभागि थिए ।