नेपालका बसन्त रेग्मी मलेसियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन तीनमा सर्वाधिक विकेट लिने खेलाडी भएका छन्।
एक सातासम्म मलेसियामा जारी प्रतियोगितामा रेग्मीले सर्वाधिक १४ विकेट लिएका छन्। ८ मेडनसहित २२४ रन खर्चिएका रेग्मीले ६२.५ ओभर बलिङ गरेका थिए। सबै ७ खेल खेलेका थिए।