मलेसियामा जारी आइसिसि विश्व क्रिकेट लिग डिभिजन तीनको उपाधि भिडन्तका लागि युगान्डासँग भइरहेको खेलमा नेपालका तीन खेलाडीले अर्धसतक प्रहार गरेका छन्।
ओपनर द्वय सागर पुन र नरेश बुढाऐरले १०७ रनको पार्टनरसिप गरेका उनीहरूले ब्यक्तिगत रूपमा अर्धसतक पनि पूरा गरेका छन्।
नरेशले ७३ बल खेल्दै १ छक्का र २ चौकासहित ५१ रन बनाए। यस्तै ९९ बल खेलेका सागरले १ छक्का र पाँच चौकासहित ६४ रन बनाए। उपकप्तान ज्ञानेन्द्र मल्लले पनि ५० रन पूरा गरेका छन्। ६५ बल खेलेका मल्लले ५ चौकासहित ५६ रन बनाए।