मलेसियामा जारी आइसीसी विश्व लिग डिभिजन ३ मा नेपालले बर्मुडालाई ८ विकेटले हराएको छ।
क्वालालाम्पुरस्थित सेलेङगर ट्रफ क्लब सेलेङ्गर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बर्मूडाले निर्धारित ५० ओभरको खेलमा ४०.१ ओभर खेल्दै १०० रनमा समेटिएको थियो।
१०१ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको नेपालले २ विकेट गुमाउँदै निर्धारित लक्ष्य ११.१ओभरमै पूरा गरेको हो।
नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ४३ रन बनाए। यस्तै ओपनर सुवास खकुरेल ३० तथा नरेश बुढाऐर ६ रनमा आउट भए। कप्तान पारस खड्का १४ रनमा अभिजित रहे।
प्रतियोगिताको पहिलो खेलमा नेपाल बिहीबार युगान्डासँग २० रनले पराजित भएको थियो।
६ टोली सहभागी डिभिजन ‘थ्री’बाट शीर्ष दुई टोली डिभिजन ‘टु’मा पुग्दा पुछारका दुई टिम डिभिजन ‘फोर’मा झर्नेछन् ।