अखिल नेपाल फुटबल संघ(एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीको तलब बढाएको छ। यसअघि १० हजार प्रतिमहिना पाउँदै आएका पुरूष खेलाडीलाई १५ हजार प्रतिमहिना पुर्याएको छ। यसैगरी प्रतिमहिना ५ हजार तलब पाउँदै आएका महिला खेलाडीको तलब ७ हजार प्रति महिना पुगेको छ।