मलेसियामा भएको एसीसी यू-१६ प्रिमियर लिगमा उपाधि विजेता नेपाली क्रिकेटरको टोली काठमाडौं आइपुगेको छ। क्रिकेटरहरुलाई राखेपका सदस्यसचिव युवराज लामा सहितका अधिकारीहरुले स्वागत गरेका विमानस्थलबाट सेतोपाटीकर्मी प्रकाश लामाले बताए।
बुधबार फाइलनमा आयोजक मलेसियालाई ३२ रनले पराजित गर्दै नेपालले यु १६ प्रिमियर लिग क्रिकेटको उपाधि हात पारेको हो।
उपाधी विजेता टिमका हरेक खेलाडीलाई क्यानले जनही २० हजार रुपैयाँ दिने घोषणा गरिसकेको छ।
यसबैच सरकारले पनि उपाधि विजेता टोलीका सदस्यला थप पुरस्कारको घोषणा गर्ने बताइएको छ।
तस्विरः प्रकाश लामा