विश्वकप फुटबल प्रतियोगिता दौरान कोलम्बियाबिरुद्धको खेलमा गम्भीर घाइते भएका ब्राजिलियन युवा स्ट्राइकर नेयमार बिस्तारै चोटमुक्त हुँदैगएका छन्।
अन्तर्राष्ट्रिय समाचार संस्था डेलीमेलले स्पेनिस लिग सुरु हुन केही समय अगाडि नेयमा आफ्नी प्रेमिका ब्रुना माक्विजिनेसँग मंगलबार इविजा बिचमा रमाउँदै गरेको प्रकाशन गरेको छ।
तस्विरमा नस्विरमा नेयमार आफ्नी प्रेमिका माक्विजिनेसँग रमाइलो गरिरहेको देखिन्छन्। नेयमारसँगै उनको नजिकका साथीहरु पनि देखिएका छन्।
तस्विरमा नेयमारले ढाडमा ठूलो व्यान्डेज लगाएका छन्।
चिकित्सकहरूका अनुसार नेयमार मैदान फर्कन अझै चारदेखि ६ साता लाग्ने बताउँदै आएका छन्। यसक्रममा उनले नियमित उपचार गर्नुपर्छ। इविजा बिचमा नेमार स्विमिङमा रामइरहँदा शरीरको पछाडिको भागलाई त्यति जोड दिएनन्। निक्कै सावधानीपूर्वक नेयमारले आफ्नो ब्यान्डेजबाट पानी पस्न नदिएको समाचारमा जनाइएको छ।
'अहिले म विस्तारै फिट भइरहेको छु,' डेलीमेलमा भनेका छन्,' अब चाडै नै लुइस सुआरेज र मेसीसँग मैदानमा उत्रन लालायित छु।'
सुआरेज यसै सिजन मात्र बार्सिलोनामा आवद्द भएका हुन्।