नेपालको यु १६ फुटबल टोलीले कोरियाको अन्डर–१६ फुटबल टोलीसँग बराबरी खेलेको छ।
दक्षिण कोरियाको फाजु एनएफसीको मैदानमा शनिबार भएको मैत्रीपूर्ण खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली टोलीले कोरियालाई गोलरहित बराबरीमा रोकेको हो।
आगामी सेम्टेम्बरमा थाइल्यान्डमा हुने एएफसी यु १६ च्याम्पियनसिपको तयारीका लागि अभ्यासमा कोरिया पुगेको हो।
यसअघि कोरियाको अन्डर सेभिन्टिन हाइस्कुलसँग खेलेको दुई खेलमध्ये एकमा जित र अर्कोमा दुई दुई गोलको बराबरीमा सकिएको थियो।
नेपाली खेलाडीलाई हौसला दिन कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामा, श्रम सहचारी अनिल गुरुङ, एनआर एन कोरियाका अध्यक्ष विनोद कुँवर, भूतपूर्व खेलाडी संघका अध्यक्ष रवि महर्जनलगायत खेल हेर्न आएका थिए।
टिम व्यवस्थापक दिनेश व्यञ्जनकारसहित ३० जनाको टोली जुलाई ७ मा कोरिया आएको हो। कोरियाबाट जुलाइ २१ मा फर्किएपछि टोलीले कतारको दोहामा एक साता र बेल्जियममा २ साता अभ्यास गर्ने छ।
एएफसी यु १६ च्याम्पियनसिपको सेमिफाइनल पुग्ने चार टोलीले चिलीमा हुने युथ–१७ विश्वकपमा सहभागी हुन पाउनेछन्।
तस्विरः गोलनेपाल डटकम