ब्राजिलमा जारी २०औ संस्करणको फिफा विश्वकप– २०१४ मा कोलम्बियाका रोड्रिगेज सर्वाधिक गोल गर्दै गोल्डेन बुट पाएका छन्।
शुक्रबार घरेलु टिम ब्राजिलसँग क्वार्टर फाइनलमा पराजित भएको थियो।
रोड्रिगेजले विश्वकपमा खेलेका पाँच खेलबाट ६ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन् । उनले ग्रिस, आइभरी कोष्ट, जापान र ब्राजिलविरुद्ध १-१ गोल तथा उरुग्वेविरुद्ध २ गोल गरेका थिए।